गृहपृष्ठ म्यानचेस्टर युनाइटेडद्वारा चेल्सी २-० गोलले पराजित
म्यानचेस्टर युनाइटेडद्वारा चेल्सी २-० गोलले पराजित
इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत सोमबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेडले चेल्सीलाई २-० गोलले पराजित गरेको छ । चेल्सीलाई पराजित गर्दै म्यानचेस्टर युनाइटेडले आउँदो सिजन च्याम्पियन्स लिग फुटबलमा स्थान पक्का गर्ने यात्रा जीवितै राखेको छ ।
अवे मैदानमा भएको खेलमा म्यान युका लागि ४५औँ मिनेटमा एन्थोनी मार्सलले पहिलो गोल गरे भने ६६औँ मिनेटमा ह्यारी मागुइरीले अर्को गोल थपे ।
जितपछि २६ खेलबाट ३८ अंक जोडेको म्यान यु सातौँ स्थानमा उक्लिएको छ । पराजित भएको चेल्सी ४१ अंकसहित चौथो स्थानमा रहेको छ ।
प्रकाशित समय ०७:४६ बजे

















