गृहपृष्ठ जब अर्धनग्न युवती रूँदै चिच्याउँदै जंगलबाट निस्किइन् . .
जब अर्धनग्न युवती रूँदै चिच्याउँदै जंगलबाट निस्किइन् . .
सांकेतिक तस्बिर ।
पाल्पाको रामपुर नगरपालिकामा आइतबार साँझ २० वर्षीया एक युवती अर्धनग्न अवस्थामा रुँदै चिच्याउँदै जंगलबाट निस्किएपछि स्थानीयहरू सुरूमा त अचम्मित भए । तर पछि थाहा भयो कि, उनी बलात्कारको प्रयासबाट उम्किएर आएकी रहेछन् ।
रामपुरको वडा नं ३ स्थित रजघराको सानीअमराई जंगलमा उनीमाथि जबर्जस्ती करणीको प्रयास भएको हो । उनकाे स्थानीयले उद्धार गरी प्रहरीलाई खबर गरेपछि मात्र घटना सार्वजनिक भएको हो ।
सो घटनामा संलग्न वडा नं ३ बस्ने करिब ३३ वर्षीय गणेश पाण्डेयलाई पक्राउ गरी प्रहरीमा बुझाइएको छ । घटनास्थलमा महिलाको भित्री वस्त्र र सुरुवालसमेत फालिदिएको अवस्थामा भेटिएको प्रत्यक्षदर्शीहरूले बताएका छन् । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार पीडितले किटानी जाहेरी नदिएकाले कानुनी प्रक्रियामा जान ढिलाइ भएको हो ।
पीडितले जाहेरी नदिए पनि आरोपित व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका एसपी दीपेन्द्र जिसीले बताए । पीडित युवती आफन्तको घरमा बसेर मजदूरी गर्दै आएकी थिइन् । रामपुरको बेझाड बजार जान निस्केकी ती पीडित महिलालाई आरोपित पाण्डेयले एक्लै भएको मौका छोपी बलात्कारको प्रयास गरेको बताइएको छ ।
प्रकाशित समय १३:१८ बजे

















