गृहपृष्ठ आहा रारा गोल्डकप : सहज जित निकाल्दै आर्मी सेमिफाइनलमा

आहा रारा गोल्डकप : सहज जित निकाल्दै आर्मी सेमिफाइनलमा

१८औं संस्करणको आहा रारा गोलडकपमा विभागीय टोली त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालामा मंगलबार भएको अन्तिम क्वाटरफाइनलमा संकटा क्लबलाई  पराजित गर्दै आर्मी अन्तिम चारमा प्रवेश गरेको हो ।

आर्मीका लागि खेलको १६औँ मिनेटमा सुदिल राईले गोल गरेका थिए । नवयुग श्रेष्ठले विपक्षी डिफेन्डर अमित तामाङलाई बिट गर्दै दिएको पासमा सुदिलले बललाई जाली चुमाएका थिए ।

७०औँ मिनेटमा नवयुग श्रेष्ठले गोल गर्दै आर्मीको अग्रता दोब्बर बनाए । विवेक बस्नेतको कर्नरमा भरत खवासको हेडरलाई गोलरक्षक राजाबाबुले बचाए पनि डिफेन्डरले राम्ररी क्लियर गर्न नसकेको बललाई नवयुगले सही सदुपयोग गरे ।

पुन खेलको ७५औँ मिनेटमा विवेक बस्नेतले गोल गर्दै आर्मीलाई ३-० को अग्रता दिलाए । आर्मीले फाइनल प्रवेशका लागि मनाङ मर्स्याङ्दीसगँको भेट सुनिश्चित गरेको छ । यी दुई टोलीले बिहीबार हुने दोस्रो सेमिफाइनलमा खेल्नेछन् ।

बुधबार हुने पहिलो सेमिफाइनलमा नेपाल पुलिस क्लब र रुस्लान थ्रीस्टार क्लब भिड्ने छ ।

प्रकाशित समय १९:१४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु