गृहपृष्ठ एक लाख ३६ हजार नगदसहित ५ जना जुवाडे पक्राउ
एक लाख ३६ हजार नगदसहित ५ जना जुवाडे पक्राउ
धनगढी एक लाख ३६ हजार नगदसहित ५ जना जुवाडे पक्राउ परेका छन् । उपमहानगरपालिका ५ तारानगरमा बहादुरसिंह खत्रीको घरमा तास खेलाइरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको हो ।
वडा प्रहरी कार्यालय धनगढीका प्रमुख तथा प्रहरी निरिक्षक हेमराज भट्टको कमाण्डमा खटिएको प्रहरी टोलीले वडा नम्वर ५ का ४९ वर्षीय मोहन भट्ट, वडा नम्वर ३ का ५३ वर्षीय भीमवहादुर साउद, वडा नम्वर ५ का ५५ वर्षीय लालबहादुर बम, ३८ वर्षीय अमिर गहतराज र डोटी शिखर नगरपालिका वडा नम्वर ४ का ६१ वर्षीय दीपबहादुर अधिकारीलाई पक्राउ गरेको हो ।
उनीहरुलाई जुवा ऐनअनुसार कारवाही हुने जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए ।
प्रकाशित समय २०:०३ बजे

















