गृहपृष्ठ भारतद्वारा ‘कोभिड-१९ इमर्जेन्सी फन्ड’ प्रस्तावित, १ करोड डलर हाल्ने
भारतद्वारा ‘कोभिड-१९ इमर्जेन्सी फन्ड’ प्रस्तावित, १ करोड डलर हाल्ने
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वव्यापी स्वास्थ्य संकटसँग जुझ्न दक्षिण एसिया स्तरको ‘कोभिड-१९ इमर्जेन्सी फन्ड’ स्थापनाका लागि प्रस्तावित गरेका छन्।
यो कोषमा भारतले तत्कालै १ करोड अमेरिकी डलरको लगानी गर्ने भन्दै क्षेत्रका नेताहरूलाइ आआफ्नो तबरबाट स्वेच्छिक लगानीका लागि आह्वान गरे ।
आइतबार सार्कका नेताहरूसँगका भिडियो कन्फ्रेन्समा उनले यो कोषका रकम क्षेत्रका जुनसुकै मुलुकले पनि आवश्यकताअनुसार प्रयोग गर्न सक्ने बताए ।
यसबाहेक उनले क्षेत्रीय स्तरमा ‘र्यापिड रेस्पोन्स टिम’ बनाउने तथा सार्कको विपद व्यवस्थाक केन्द्रमार्फत यसका परिचालन गरिनेसमेत प्रस्तावित गरे ।
प्रकाशित समय १८:३० बजे

















