गृहपृष्ठ काठमाडौंको सतुंगलबाट १० लाख मास्क बरामद
काठमाडौंको सतुंगलबाट १० लाख मास्क बरामद
काठमाडौँको सतुंगलबाट १० लाख मास्क बरामद गरिएको छ ।
स्थानीय रोहित श्रेष्ठको घरबाट सोमबार बिहान लुकाइरहेको अवस्थामा ८ लाख ४० हजार मास्क बरामद प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार श्रेष्ठकै घरमा आरडीजी इन्टरनेशनल कम्पनीमा छापा मार्दा ठूलो संख्यामा मास्क बरामद गरिएको हो । आइतबार पनि सोही ठाउँबाट प्रहरीले १ लाख ४० हजारभन्दा बढी मास्क बरामद गरेको थियो ।
प्रकाशित समय ११:२१ बजे

















