गृहपृष्ठ ३२१०० मा डायल गरे नेपाल टेलिकमको रिङब्याक टोनमा कोरोनाबारे सचेतना सन्देश

३२१०० मा डायल गरे नेपाल टेलिकमको रिङब्याक टोनमा कोरोनाबारे सचेतना सन्देश

nepal-telecom-newskarobar

नेपाल टेलिकमले ‘NT सूचनाको संसार’ सेवामार्फत कोरोना भाइरस (कोभिड-१९) बारे जानकारीमूलक उपयोगी सामग्री आफ्नो मोबाइलमार्फत ३२१०० नम्बर डायल गरी निशुल्क सुन्न सकिने व्यवस्था गरेको छ ।

उक्त नम्बरमा कल गरेपश्चात् कोरोना भाइरस (कोभिड–१९) के हो, यसका लक्षणहरु, फैलने तरिका, उपचार विधि, संक्रमणबाट बच्न अपनाउनु पर्ने उपायहरु र अपनाउनु पर्ने सावधानीबारे विश्व स्वास्थ्य संगठनले जारी गरेका सूचकहरुका बारेमा जानकारी प्राप्त गर्न सकिन्छ । साथै यससम्बन्धी थप जानकारी लिनका लागि नेपाल सरकारका हटलाइन नम्बरहरु समेत यहींबाट थाहा पाउन सकिन्छ ।

नेपाल टेलिकमले गत असारदेखि नै ‘NT सूचनाको संसार’ सेवा कम्पनीका मोबाइल ग्राहकलाई उपलब्ध गराइरहेको छ । यो एक प्रकारको कल-इन सिष्टम हो, जसमा नेपाल टेलिकमको मोबाइलमार्फत ३२१०० मा कल गरेर ध्वनि निर्देशन पालना गरी नेपाली भाषामा कृषि, स्वास्थ्य, समाचार, मौसम, प्राकृतिक विपतसम्बन्धी विभिन्न जानकारी निःशुल्क प्राप्त गर्न सकिन्छ ।

विभिन्न जानकारीहरु नेपाली भाषामा सुन्न पाइने हुनाले ‘NT सूचनाको संसार’ सेवाबाट ग्राहकवर्ग लाभान्वित हुने टेलिकमको विश्वास छ ।

प्रकाशित समय १३:५६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु