गृहपृष्ठ मध्य-अमेरिकामा पनि कोरोना, एल साल्भाडोर र निकारागुआमा पहिलो संक्रमण

मध्य-अमेरिकामा पनि कोरोना, एल साल्भाडोर र निकारागुआमा पहिलो संक्रमण

हालसम्म संक्रमितमध्ये ८५ हजार ७४५ जनाको उपचार

एल साल्भाडोरमा कोरोना भाइरस सङ्क्रमण भएको पहिलो व्यक्ति भेटिएको राष्ट्रपति नायब बुकेलेले बताएका छन् । कोरोना भाइरसको संक्रमण देखिएका यी व्यक्ति इटालीको यात्राबाट हालै फर्किएको प्राप्त समाचारमा जनाइएको छ ।

हाल यी व्यक्ति मतापानको साल्भाडोरन नगरपालिकामा अलग्ग राखिएको (आइसोलेसन) बुकेलेले टेलिभिजनमार्फत जानकारी दिएका छन् । संक्रमणसँग जुध्न एक विशेष अस्पतालको पनि घोषणा गरिएको र नागरिकहरूले घरमै बस्नेलगायत स्वास्थ्य अधिकारीहरूले जारी गरेको सरसफाईको नियम पनि अनुसरण गर्न सुझाव दिइएको राष्ट्रपति बुकेलेले उल्लेख गरेका छन् ।

मध्यअमेरिकी अमेरिकी मुलुक निकारागुआमा पनि बुधबार कोभिड-१९ को संक्रमणको पहिलो घटना पुष्टि भएको छ । उपराष्ट्रपति रोजारियो मुरिलोले छिमेकी मुलुक पनामाको यात्राबाट फर्केका एक व्यक्तिमा संक्रमण भेटिएको मुरिलोले राष्ट्रिय टेलिभिजनमार्फत बताएका छन् ।

कोरोना भाइरसबाट संक्रमि ती व्यक्तिलाई ज्वरो र सुख्खा खोकीजस्ता लक्षणहरु देखा परेपछि उनी अस्पताल गएका थिए । अस्पतालमा परीक्षण गर्दा उनीमा कोरोना भाइरस पोजेटिभ देखिएको उपराष्ट्रपति मुरिलोले बताएका छन् । हाल बिरामीको अवस्था स्थिर रहेको अस्पताल स्रोतले जानकारी दिएको छ ।

चीनको हुबेई प्रान्तको उहान शहरबाट शुरु भएको यस कोरोना भाइरसको सङ्क्रमणबाट बिहीबारसम्म विश्वभरी ८ हजार ९७० जनाको मृत्यु भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

त्यसैगरी विश्वभरी बिहीबारसम्म २ लाख १९ हजार ३५७ जना कोरोना भाइरस संक्रमित भएका छन् । यस अवधिमा संक्रमितमध्ये ८५ हजार ७४५ जना उपचारपछि घर फर्किएका छन् । (रासस)

प्रकाशित समय १४:०९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु