गृहपृष्ठ हेलिकप्टरबाट विषादी छर्कने कुरा असत्य : नेपाली सेना

हेलिकप्टरबाट विषादी छर्कने कुरा असत्य : नेपाली सेना

Nepal-army-helicopter-newskarobar

नेपाली सेनाले सामाजिक सञ्जालमा फैलिएको सेनाले हेलिकप्टर प्रयोग गरी विषादी छर्कने भन्ने हल्ला असत्य भएको जनाएको छ ।

नेपाली सेनाका तर्फबाट जारी विज्ञप्तिमा विश्वभरि फैलिँदै गएको कोरोना भाइरसको रोकथाम र सम्भावित महामहारी न्यूनीकरण तथा प्रभावकारी व्यवस्थापनका लागि नेपाली सेनाले आवश्यक तयारी भए पनि हेलिकप्टरबाट किटनासक औषधी छर्कने योजना नभएको जनाएको छ ।

‘हालको संवेदनशील घडीमा यस प्रकारको भ्रामक, झुठो र मनगढन्ते समाचारमा विश्वास नगर्न नेपाली सेना हार्दिक अनुरोध गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।

नेपाली सेनाले कोरोना भाइरसविरुद्ध आवश्यक आन्तरिक तयारी गरी संक्रमणबाट सुरक्षित रहँदै रोकथाम र नियन्त्रणका लागि सरकारलाई पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।
यस्तै, सो भाइरसविद्धको बचाउ र रोकथामका लागि उपलब्ब सबै उपायहरू अबलम्बन गर्न पनि नेपाली सेनाले प्रतिबद्धता जनाएको छ ।

प्रकाशित समय १९:०१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु