गृहपृष्ठ प्रदेश सांसद रावलमाथि थप अनुसन्धान गर्न आदेश
प्रदेश सांसद रावलमाथि थप अनुसन्धान गर्न आदेश
प्रदेश सांसद रावल ।
सत्तारुढ दल नेकपाका सुदूरपश्चिमका सचेतकसमेत रहेका प्रदेश सांसद अक्कलबहादुर रावलमाथि थप अनुसन्धान गर्न सरकारी वकिल कार्यालयले आदेश दिएको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीले अनुसन्धान सकेर शुक्रबार सरकारी वकिल कार्यालयलाई प्रतिवेदन बुझाएको थियो । तर वकिल कार्यालयले भने थप अनुसन्धान गर्न आदेश दिएको छ ।
आदेशमा ‘साक्षीको बयान थपेर अनुसन्धान प्रतिवेदन फेरी बुझाउन’ भनिएको छ । । प्रहरीले १६ दिन हिरासतमा राखेर बिहीबार उनीमाथिको अनुसन्धान प्रतिवेदन बुझाएको थियो । पहिलोपटक बुझाइएको अनुसन्धान प्रतिवेदनका आधारमा सरकारी वकिलले थप अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिनसक्ने व्यवस्था रहेको छ ।
रावलमाथि गत माघ २१ गते धनगढी उपमहानगरपालिका वडा नम्वर ४ की एक विवाहित महिलाको कोठामा गएर जबरजस्ती बलात्कार प्रयास गरेको आरोप छ ।
प्रकाशित समय १९:१५ बजे

















