गृहपृष्ठ कोरोना भाइरसबाट बेलायतमा संखुवासभा घर भएका पूर्वगोर्खा सैनिकको मृत्यु
कोरोना भाइरसबाट बेलायतमा संखुवासभा घर भएका पूर्वगोर्खा सैनिकको मृत्यु
कोरोना भाइरसको संक्रमणबाट बेलायतमा गत मंगलबार एक नेपालीको मृत्यु भएको छ । संखुवासभाको खाँदबारी नगरपालिका- १० स्थायी घर भएका ६६ वर्षीय पूर्वगोर्खा सैनिक लिलाबहादुर राईको निधन भएको हो ।
राई केही दिनअघि मात्र उपचारपछि अस्पतालबाट फर्केको उनको पारिवारिक स्रोतले जनाएको छ । मंगलबार दिउँसो स्वास्थ्यमा समस्या देखिएपछि उनलाई फेरि अस्पताल लगिएको थियो । उनको अस्पतालमै निधन भएको नेपाली समाज युकेकी सहअध्यक्ष बसुन्धरा याक्खा राईले न्युज कारोबारलाई बताइन् ।
उनका अनुसार राईको निधन कोरोना संक्रमणका कारण भएको उनको परिवारलाई अस्पतालले जानकारी दिएको छ । अहिले राईको परिवारलाई आइसोलेसनमा राखिएको छ ।
सन् २००८ मा बेलायत पुगेका राईको मिर्गोला प्रत्यारोपण गरिएको बताइएको छ । उनी श्रीमती र छोराबुहारीका साथ लन्डनस्थित साउथ ह्यारोमा बस्दै आएका थिए ।
प्रकाशित समय १९:४० बजे

















