गृहपृष्ठ सार्वजनिक सवारीसाधनमा बढी भाडा लिने ४६ जना पक्राउ
सार्वजनिक सवारीसाधनमा बढी भाडा लिने ४६ जना पक्राउ
महानगरीय ट्राफिक प्रहरी महाशाखाले सार्वजनिक सवारीसाधनमा बढी भाडा लिने ४६ जनालाई पक्राउ गरेको छ । ट्राफिक प्रहरीले ७ गते ९ जना, ८ गते १७ जना र ९ गते २० जनालाई पक्राउ गरी आवश्यक कारबाहीको लागि प्रहरी वृत्तमा बुझाएको हो ।
विश्वव्यापी रुपमा फैलिँदै गएको कोभिड १९ को सन्त्रासका कारण यात्रु उपत्यकाबाहिर जाने क्रममा सार्वजनिक बसमा बढी भाडा लिई टिकट बेच्नेहरू पक्राउ परेका हुन् । ट्राफिक प्रहरी आफैं यात्रु बनेर जाँदा बढी भाडा लिएको पाइएपछि ती चालकलाई कारबाही गरिएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भीमप्रसाद ढकालले जानकारी दिए । यात्रुलाई सुरक्षित र सहज बनाउन ट्राफिक प्रहरी आफैं यात्रु बनेर र ट्राफिक प्रहरीको हटलाइन १०३ मा आएको गुनासोका आधारमा स्टिङ अपरेसन चलाएको महाशाखाका प्रमुख ढकालले बताए ।
आइतबार पक्राउ पर्नेहरूमा रूपेश कार्की, सन्तोष श्रेष्ठ, गोबिन्द बुढाथोकी, देविन्द्र कार्की, कमल गुरुङ, लाल बहादुर भुजेल, रोशन राणा कुवँर, कृष्ण पराजुली, पारस गौतम, सुरेश क्षेत्री, संजय उप्रेती, तिलक लामा, गौतम तामाङ, मानसिंह रूम्वा, कर्ण थिङ, आकाश लामा, सुदर्शन रसाईली, शुक्र लामा, दिनेश शाह र जयन्द्र कुमार शाही छन् । उनीहरूलाई नयाँ बसपार्क, कोटेश्वर, बल्खु, चाबहिल र गौशाला स्थानबाट पक्राउ गरिएको हो ।
प्रकाशित समय १९:३० बजे

















