गृहपृष्ठ हतौडाले हिर्काएर श्रीमतीको हत्या
हतौडाले हिर्काएर श्रीमतीको हत्या
कैलालीको लम्कीमा एक जना पुरुषले आफ्नौ श्रीमतीको टाउकोमा हतौडाले हानेर हत्या गरेका छन् । लम्कीचुहा नगरपालिका ९ बस्ने भक्तबहादुर धामीले ६२ वर्षीय श्रीमती धारुदेवी धामीको हत्या गरेका हुन् ।
शनिबार श्रीमानको हतौडा प्रहारबाट घाइते भएकी धारुदेवीको आइतबार मृत्यु भएको हो । उनको कोहलपुर अस्पतालमा उपचार क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए ।
प्रकाशित समय २१:४२ बजे

















