गृहपृष्ठ ‘कोरोना अक्षय कोष’मा बसन्त चौधरीले गरे १ करोड सहयोग गर्ने घोषणा

‘कोरोना अक्षय कोष’मा बसन्त चौधरीले गरे १ करोड सहयोग गर्ने घोषणा

विश्वभर महामारीको रुपमा फैलिएको नोबेल कोरोना भाइरसले प्रकोप रुप लिएपछि नेपालमा पनि व्यावक सतर्कता अपनाएको छ ।

नेपाल सरकारले सार्वजनिक रुपमै अत्यावश्यक कामबाहे सबै कुराहरु बन्द गरिसकेको छ । कोरोना भाइरसको संक्रमण नियन्त्रण तथा रोकथामका लागि सरकारले ५० करोडको अक्षय कोष निर्माण गर्ने भएपछि त्यसमा पैसा जम्मा हुन थालेको छ ।

सोमबार मात्रै व्यापारी बसन्त चौधरीले कोषमा १ करोड रुपैयाँ जम्मा गर्ने घोषणा गरेका छन् । ट्वीट गर्दै उनले लेखेका छन्, ‘कोरोना कोषमा नर्भिक तथा बसन्त चौधरी फाउन्डेसनको तर्फबाट १ करोड सहयोग ।’

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको ट्वी्टमा रिप्लाई गर्दै चौधरीले लेखेका छन्, ‘कोरोना भाइरसको संक्रमण निरयन्त्रणका लागि घोषणा गरिएको कोरोना कोषमा नर्भिक/बसन्त चौधरी फाउन्डेसनको तर्फबाट सहयोग स्वरुप ५० लाख नगद तथा ५० लाख बराबरको जरुरी मेडिकल सप्लाइज उपलब्ध गराइने घोषणा गर्दछौं ।’

प्रकाशित समय ०९:५५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु