गृहपृष्ठ कोरोना संक्रमणबारे स्वास्थ्य मन्त्रालयमा आकस्मिक पत्रकार सम्मेलन

कोरोना संक्रमणबारे स्वास्थ्य मन्त्रालयमा आकस्मिक पत्रकार सम्मेलन

युरोपबाट फर्किएका व्यक्तिका विषयमा यथार्थ जानकारी गराउन स्वास्थ्यमन्त्री भानुभक्त ढकालले  आकस्मिक पत्रकार सम्मेलन आयोजना गर्दैछन् । मध्यान्ह १२ बजे स्वास्थ्य मन्त्रालयमै पत्रकार सम्मेलन हुने भएको छ ।

स्वास्थ्यमन्त्रीको सचिवालयका अनुसार कोरोना संक्रमणको पछिल्लो अवस्था र नेपालले चालेका कदमबारे पनि मन्त्री ढकालले पत्रकार सम्मेलनमा जानकारी गराउने छन् । यसका साथै संक्रमणको आशंका गरिएका व्यक्तिका विषयमा पनि जानकारी गराइने बताइएको छ ।

सरकारले आजैदेखि चीन र भारततर्फका सीमाहरु बन्द गर्ने निर्णय गरेको छ । अत्यावश्यक सेवा बाहेकका सबै कामहरु बन्द गरेर जनतालाई आ-आफ्ना घरभित्र बस्न र बाहिर अनावश्यक भीडभाड नगर्न आग्रह गरेको छ ।

प्रकाशित समय १२:०० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु