गृहपृष्ठ फ्रान्सबाट आएकी १९ वर्षीया नेपाली विद्यार्थीमा कोरोना संक्रमणको पुष्टि
फ्रान्सबाट आएकी १९ वर्षीया नेपाली विद्यार्थीमा कोरोना संक्रमणको पुष्टि
काठमाडौंमा कोरोना भाइरस संक्रमित बिरामी भेटिएका छन् । फ्रान्सबाट आएकी नेपाली विद्यार्थीमा कोरोनाको संक्रमण पुष्टि भएको सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले जानकारी दिए ।
मन्त्री ढकालका अनुसार १९ वर्षीय ती युवतीमा कोरोनाभाइरसको संक्रमण देखिएको र अहिले उनलाई टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा राखिएको छ । ती युवती गत चैत ४ गते फ्रान्सबाट कतार हुँदै नेपाल आएकी थिइन् । यसअघि उनलाई होम क्वारेन्टनमा राखिएको थियो ।
उनीसँगै जहाजमा आएकाहरु र सम्पर्क भएका सबैजनालाई क्वारेन्टाइनमा राखिएको मन्त्री ढकालले जानकारी दिए ।
यसअघि चीनबाट आएका एक नेपालीमा कोरोनाभाइरसको संक्रमण देखिएको थियो । उनी भने उपचारपछि स्वस्थ भइसकेका छन् ।
प्रकाशित समय १३:०८ बजे

















