गृहपृष्ठ कैलालीमा आज दिउँसोदेखि निषेधाज्ञा जारी

कैलालीमा आज दिउँसोदेखि निषेधाज्ञा जारी

जिल्ला प्रशासन कार्यालय कैलालीले कोरोना भाइरस संक्रमणको रोकथामका लागि कैलालीमा दिउँसो २ बजेपछि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको छ । प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराको अध्यक्षतामा सोमबार बसेको बैठकले अर्को सूचना नभएसम्मका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।

जिल्ला प्रशासन कार्यालयले एक सूचना जारी गर्दै भोजनालय, औषधि पसल, खाद्यान्न, फलफूल तथा तरकारी, अस्पताल तथा स्वास्थ्य सेवा, हवाई मार्ग, मालसमान ढुवानी गर्ने यातायात, सरकारी छापाखाना, सञ्चार सेवा, पेट्रोलियम तथा फोहोर ढुवानी र विद्युत सेवाबाहेक अन्य सेवा बन्द हुने जनाएको छ ।

जिल्ला प्रशासनको सूचना :

प्रकाशित समय १४:३८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु