गृहपृष्ठ कर्णालीका मुख्यमन्त्रीसहित मन्त्रीहरुको एक महिनाको तलब कोरोना नियन्त्रणमा

कर्णालीका मुख्यमन्त्रीसहित मन्त्रीहरुको एक महिनाको तलब कोरोना नियन्त्रणमा

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसहित अन्य विभागीय मन्त्रीहरुले कोरोना नियन्त्रणका लागि एक महिनाको तलब दिने निर्णय गरेका छन् । बिहीबार बसेको कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकबाट सरकारले स्थापना गरेको विपत व्यवस्थापन कोषमा रकम जम्मा गर्ने निर्णय भएको हो ।

बैठकबाट कर्णालीका तीनवटा अस्पतालमा आइसोलेसन वार्ड तयार गर्न प्रदेश सरकारले आर्थिक सहयोग गर्ने निर्णयसमेत भएको छ । कर्णाली प्रदेश अस्पताल सुर्खेत र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका लागि एक/एक करोड उपलब्ध गराउने र  रुकुम पश्चिमको चौरजहारी सामुदायिक अस्पताललाई ५० लाख उपलब्ध गराउने निर्णय बैठकले गरेको हो ।

अस्पतालहरूको समन्वय तथा परिचालन गर्न मन्त्रीहरुकै नेतृत्वमा समन्वय तथा परिचालन समिति गठन गरिएको सरकारका प्रवक्ता विमला केसीले जानकारी दिइन् । बैठकले कोरोना रोकथाम तथा नियन्त्रणका लागि अत्यावश्यक स्वास्थ्य सामग्री आपूर्तिका लागि सरकारसँग माग गर्ने र सरकारले तत्काल उपलब्ध गराउन नसक्ने भएमा प्रदेश सरकार आफैंले खरिद तथा आपूर्ति व्यवस्था मिलाउने निर्णय पनि गरेको केसीले बताइन् ।

प्रकाशित समय २१:०१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु