गृहपृष्ठ मनोहरा कृषि प्रालिद्वारा कोटेश्वर प्रहरीलाई सहयोग
मनोहरा कृषि प्रालिद्वारा कोटेश्वर प्रहरीलाई सहयोग
मनोहरा कृषि प्रालिले महानगरीय प्रहरी प्रभाग कोटेश्वरलाई विभिन्न सुरक्षा सामग्री र खाद्यान्न सहयोग गरेको छ । काठमाडौं महानगरपालिका ३२ जडिबुटीमा रहेको मनोहरा कृषि प्रालिले सोही वडामा कोरोनाभाइरसविरुद्ध लकडाउनका क्रममा फिल्डमा खटिएका प्रहरीलाई खानेपानी, पन्जा, फलफूल र चाउचाउ वितरण गरेको हो ।
कोटेश्वर प्रहरी प्रभागका प्रहरी निरीक्षक सुभद्रा वाइवालाई बिहीबार ती सामग्री हस्तान्तरण गरिएको कम्पनीका अध्यक्ष कविदास श्रेष्ठले जानकारी दिए । ‘लकडाउनमा खटिएका प्रहरीका लागि सामग्री वितरण गरेका हौं तर लकडाउनकै कारण मास्क वितरणमा भने कठिनाइ भयो,’ उनले भने । कृषि बजारले करिब १६ हजार ५०० रुपैयाँबराबरको सामान सहयोग गरेको जनाएको छ ।
प्रभागअन्तर्गतका प्रहरी वृत्त र बिटसम्म पुगेर स्थानीय महिला समूह र बजारका व्यवसायीले सामान वितरणमा सहयोग गरेका थिए ।
प्रकाशित समय २०:३३ बजे

















