गृहपृष्ठ नेपाल एयरलाइन्सको विमान नेपालगञ्जमा दुर्घटना (तस्बिरसहित)
नेपाल एयरलाइन्सको विमान नेपालगञ्जमा दुर्घटना (तस्बिरसहित)
नेपाल वायुसेवा निगमको जहाज नेपालगञ्जमा दुर्घटना भएको छ । काठमाडौंबाट नेपालगञ्जका लागि उडेको विमान नेपालगञ्ज विमानस्थलमा दुर्घटनामा परेको हो ।
कोरोना भाइरसको सम्भावित संक्रमितको नमुना लिन गएको वाइ १२ जहाज अवतरणका क्रममा समस्या आएर रनवे नजिकै चिप्लिएर घाँसे मैदानमा पुगेको बताइएको छ ।

नेपाल एयरलाइन्सका अनुसार घटनामा मानवीय क्षति भएको छैन, विमानमा सामान्य क्षति भएको छ । नेपालगञ्जमा कोरोनाको सम्झवित संक्रमितको नमुना लिन अर्को विमान जानेछ ।
प्रकाशित समय १३:२३ बजे

















