गृहपृष्ठ सामाजिक सुरक्षा कोषका योगदानकर्ताको चैतको रकम सरकारले व्यहोर्ने

सामाजिक सुरक्षा कोषका योगदानकर्ताको चैतको रकम सरकारले व्यहोर्ने

सामाजिक सुरक्षा कोषका योगदानकर्ताको चैतको रकम सरकारले व्यहोर्ने भएको छ । आइतबार राति बसेको मन्त्रिपरिषद बैठकले सक्रिय योगदानकर्ताको चैत महिनाको रकम व्यहोर्ने निर्णय गरेको सरकारका प्रवक्ता डा. युवराज खतिवडाले जानकारी गराएका हुन् ।

सरकारको राहत प्याकेज

हाल सामाजिक सुरक्षा कोषमा १२ हजार ३१५ रोजगारदाता र १ लाख ५३ हजार २७६ योगदानकर्ता आबद्ध छन् । तीमध्ये करिब ३६ हजार ४०० सक्रिय योगदानकर्ता छन् । उनीहरूबाट हालसम्म कुल ८७ करोड रुपैयाँभन्दा बढी रकम संकलन भइसकेको छ । लकडाउनका कारण रोजगारदाता र योगदानकर्ता दुवैको ठूलो क्षति व्यहोर्नुपरेको भन्दै सरकारले उनीहरुको एक महिना बराबरको ३१ प्रतिशत रकम जम्मा गरिदिन लागेको कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीले जानकारी दिए ।

हाल कोषमा आबद्ध कर्मचारीको तर्फबाट ११ र रोजगारदाताको तर्फबाट २० रकम गरी ३१ रकम जम्मा हुँदै आएको छ । ‘योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम यस्तै परिस्थितिमा आवश्यक हुने हो,’ निर्देशक ज्ञवालीले भने, ‘सरकारको यो कदमले सामाजिक सुरक्षा कार्यक्रममा आबद्ध हुन सबै सरोकारवालालाई अभिप्रेरित गर्ने विश्वास छ ।’

प्रकाशित समय २१:३९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु