गृहपृष्ठ सरकारको राहत प्याकेज : एक महिनाको घरभाडा नलिन आग्रह, कर छुट

सरकारको राहत प्याकेज : एक महिनाको घरभाडा नलिन आग्रह, कर छुट

सरकारले कोरोनाभाइरस (कोभिड-१९) बाट प्रभावितलाई लक्षित गरी राहत प्याकेज घोषणा गरेको छ । मन्त्रिपरिषद बैठकले विद्युत, ब्याज, खाद्यवस्तु, स्वास्थ्य सामाजिक योगदान कार्यक्रमलगायतमा भारी छुट दिँदै राहत प्याकेज घोषणा गरेको हो ।

बैठकले घरभाडामा शतप्रतिशत छुट गरिदिन घरबेटीसमक्ष अनुरोध गर्नुका साथै घरबहाल कर शतप्रतिशत छुट गरिदिने निर्णय गरेको छ । कोरोना उपचारमा प्रत्यक्ष सहभागी हुने स्वास्थ्य क्षेत्र, सुरक्षा निकाय, सरसफाइका कर्मचारीलगायतलाई असार मसान्तसम्मका लागि २५ लाख रुपैयाँसम्मको बिमा र क्षतिपूर्ति दिने दिने भएको छ ।

बैठकले १५० युनिटसम्म विद्युत उपभोग गर्ने ग्राहकलाई फागुन र चैतको विद्युत महसुलमा २५ प्रतिशत छुट दिने निर्णय गरेको छ भने खाद्य संस्थानले बेच्ने दाल चामललगायतका खाद्यवस्तुमा १० प्रतिशत छुट दिने निर्णय भएको प्रवक्ता खतिवडाले जानकारी दिए ।

त्यस्तै, सामाजिक सुरक्षा कोषका योगदानकर्ताको चैतको रकम सरकारले व्यहोर्ने भएको छ । सुन आयात प्रतिदिन २० किलोबाट घटाएर १० किलोमा झारिएको छ ।

प्रकाशित समय २२:१२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु