गृहपृष्ठ छतमाथि छठपूजा
छतमाथि छठपूजा
जनकपुरसहित तराई मधेसमा चैती छठ श्रद्धाभक्तिपूर्वक मनाइएको छ । विश्वभर फैलिँदै गरेको कोरोनाभाइरसको संक्रमण रोक्न देशभर लकडाउन गरिएपछि व्रतालुहरुले घरको छतमा जलाशय बनाएर छठपूजा गरेको छन् ।
मंगलबार बिहान उदाउँदो सूर्यलाई ठेकुवा, भुसवा, मिठाइगायतका फलफूल, तरकारी, केरालगायतका सामग्री चढाउँदै छठ पर्व समापन गरिएको छ । सोमबार साँझ व्रतालुहरुले अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका थिए ।
जिल्ला प्रहरी कार्यालय धनुषाले जनकपुर नगर क्षेत्रभित्र सार्वजनिक पोखरी, सरोवरमा छठ पर्व नमाउन पटक पटक गरेको अनुरोध र कडाइले गर्दा घरकै छतमा व्यवस्थित तरिकारले प्लास्टिकमा पानी राखेर छठ पर्व मनाएको जनकपुरधाम १० का हरि साहले बताए ।
श्रद्धाभक्ति र विश्वासको पर्व छठ आफुहरुले सुरक्षित तरिकाले घरमै बसेर फरक तरिकाले भीडभाड नगरि आफ्नै परिवारका सदस्यहरु बसेर छठ मनाएको सामाजिक अभियन्ता खुश्वु साहले बताइन् । छठ कात्तिक महिनामा समेत मनाउने गरिन्छ । चैते छठभन्दा कात्तिक महिनामा धेरै व्यक्तिले छठ पर्व मनाउने गर्छन् ।
प्रकाशित समय ०९:२२ बजे

















