गृहपृष्ठ प्रदेश १ को कोरोना जनसुरक्षा कोषमा ११ करोड
प्रदेश १ को कोरोना जनसुरक्षा कोषमा ११ करोड
कोरोना रोकथाम, प्रतिरक्षा र उपचारका लागि प्रदेश सरकारले स्थापना गरेको कोरोना जनसुरक्षा कोषमा बुधबारसम्ममा ११ करोड रुपैयाँ संकलन भएको छ ।
कोषमा प्रदेश सरकारले १० करोड रुपैयाँ जम्मा गरेको छ भने विभिन्न संघसंस्था, बैंक, वित्तीय संस्था र व्यक्तिहरुले एक करोड ९४ हजार रुपैयाँ जम्मा गरेका छन्् । कोषमा मन्त्रिपरिषद्का सदस्य र राज्यमन्त्रीहरुले एक महिनाको पारिश्रमिक जम्मा गरेका छन् ।
त्यस्तै प्रदेशसभाका सभामुख र उपसभामुखले एक लाख २१ हजार, प्रदेशसभा सदस्यहरुले २२ लाख ३० हजार, राउत कन्ट्रक्सन सर्भिसले ११ लाख, हुलास वायरले ११ लाख, अरिहन्त मल्टिफाइबरले ११ लाख, रघुपति जुटमिलले १० लाख रुपैया जम्मा गरेका छन् ।
त्यस्तै सिद्धार्थ बैंकले १० लाख, सिटिजन्स बैंक इन्टरनेशनलले ७ लाख, कृषि विकास बैंक लिमिटेडले ५ लाख, नेपाल बैंक लिमिटेडले ५ लाख, ट्रान्स नेपाल फ्राइट सर्भिसेजले ५ लाख रुपैयाँ जम्मा गरेका छन् ।
कोरोना भाइरसको रोकथाम, प्रतिरक्षा र उपचारका लागि प्रदेश सरकारले कोषको स्थापना गरेको हो । राष्ट्रिय बाणिज्य बैंक विराटनरको कोरोना जनसुरक्षा कोष खाता नं. २१२०००५८८१०१ मा जम्मा गर्न तथा फोन पेबाट पनि रकम जम्मा गर्न सकिने मुख्यमन्त्री कार्यालयले जनाएको छ ।
प्रकाशित समय २०:३७ बजे

















