गृहपृष्ठ कोरोनाभाइरसका कारण विश्वमा ४२ हजार ३४४ को मृत्यु, ८ लाख ६० हजार १६६ संक्रमित
कोरोनाभाइरसका कारण विश्वमा ४२ हजार ३४४ को मृत्यु, ८ लाख ६० हजार १६६ संक्रमित
तुलनात्मक रूपमा दक्षिण एशियाली मुलुक सुरक्षित
लकडाउनका कारण सुनसान बनेको इटालीको एक सडक ।
कोरोनाभाइरस (कोभिड-१९) संक्रमणको विश्वव्यापी प्रकोपका कारण बुधबारसम्म विश्वभर मृत्यु हुनेको संख्या ४४ हजार १५० पुगेको छ । संसारभर आठ लाख ८२ हजार ७८१ जना कोरोना भाइरसबाट संक्रमित बनेका विभिन्न मुलुकबाट एएनआईलाई प्राप्त तथ्यांकमा उल्लेख गरिएको छ ।
कोरोनाभाइरस बाट सर्वाधिक प्रभावित बनेको इटलीमा एक लाख ५ हजार ७९२ कुल संक्रमित भएका छन् भने १२ हजार ४२८ को मृत्यु भएको छ । यसैबीच १५ हजार ७२९ निको भएर फर्किएका छन् । स्पेनमा एक लाख दुई हजार १३६ कुल संक्रमित भएका छन् भने नौ हजार ५३ को मृत्यु भएको छ । यसैबीच १९ हजार २५९ निको भएर फर्किएका छन् ।
अमेरिकामा एक लाख ८८ हजार ८८१ कुल संक्रमित भएका छन् भने चार हजार ६६ को मृत्यु भएको छ भने सात हजार २५१ निको भएर फर्किएका छन् ।
चीनमा ८१ हजार ५५४ कुल सङ्क्रमित भएका छन् भने तीन हजार ३१२ को मृत्यु भएको छ । यहाँ निको भएर घर फर्किनेको सङ्ख्या ७६ हजार २३८रहेका छन् ।
फ्रान्समा ५२ हजार १२८ कुल संक्रमित भएका छन् भने तीन हजार ५२३ को मृत्यु भएको छ । इरानमा ४७ हजार ५९३ कुल संक्रमित भएका छन् भने तीन हजार व्यक्तिको मृत्यु भएको छ ।
बेलायतमा २९ हजार ४७४ कुल संक्रमित भएका छन् भने, दुई हजार ३५२ को मृत्यु भएको छ । बेलायतमा निको भएर घर फर्किनेको संख्या १३५ मात्रै रहेको छ ।
जर्मनीमा ७३ हजार २१७ कुल संक्रमित भएका छन् भने ८०२ को मृत्यु भएको छ । यसैबीच १६ हजार १०० निको भएको बताइएको छ ।
यस्तै दक्षिण एशियाली मुलुक पाकिस्तानमा दुई हजार ७१ जनामा संक्रमित रहेको छ भने भारतमा एक हजार ६३७ संक्रमित भएका छन् । भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४५ रहेको छ भने पाकिस्तानमा २६ जनाको मृत्यु भएको छ । अन्य दक्षिण एशियाली मुलुकमा भने संक्रमण न्यून संख्यामा देखिएको छ ।
प्रकाशित समय २०:५७ बजे

















