गृहपृष्ठ स्थानीयले थुपारे वडा कार्यालयअगाडि फोहोर

स्थानीयले थुपारे वडा कार्यालयअगाडि फोहोर

पोखरा महानगरपालिकाले फोहोरको व्यवस्थापन नगरेको भन्दै ४ नम्बर वडावासीले आइतबार वडा कार्यालयअगाडि फोहोर थुपारिदिएका छन् । लकडाउनका कारण पोखरामा फोहोर व्यवस्थापन नियमित हुन सकेको छैन ।

फोहोर उठाउने महानगरको गाडी नियमित नआएको र यसका लागि वडा कार्यालयले समन्वय नगरेको वडावासीको आरोप छ ।

वडाध्यक्ष शंकर प्रसाद बास्तोलाले भने फोहोर उठाउने गाडी नियमित नै आइरहेको दावी गरे । पृथ्वीचोक, न्यूरोड, चिप्लेढुंगा, महेन्द्रपुल लगायतका पोखराका मुख्य स्थानहरुमा पनि फोहोर संकलन नियमित हुन सकेको छैन ।

प्रकाशित समय १८:४४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु