गृहपृष्ठ लकडाउन लम्ब्याउने सरकारको तयारी, २ बजे मन्त्रिपरिषद् बैठक बस्दै
लकडाउन लम्ब्याउने सरकारको तयारी, २ बजे मन्त्रिपरिषद् बैठक बस्दै
कोरोनाभाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले लगाएको लकडाउनको समय फेरि थपिने तयारी भएको छ ।
कैलाली र कञ्चनपुरमा कोरोना भाइरसको थप संक्रमित भएको पुष्टि सरकारले फैलन नदिनका लागि लकडाउनको समय लम्ब्याउने तयारी भएको हो ।
यसै विषयमा छलफलका लागि आज दिउँसो २ बजे मन्त्रिपरिषदको बैठक बस्ने तयारी भएको छ । कोभिड–१९ सम्बन्धी उच्चस्तरीय समितिको बैठकमा पनि लकडाउनको समयावधि अब एक साता थप्न सक्ने स्रोतले जनाएको छ ।
प्रकाशित समय ११:५६ बजे

















