गृहपृष्ठ वडाध्यक्षको गाडीबाट अवैध हतियार बरामद
वडाध्यक्षको गाडीबाट अवैध हतियार बरामद
फाइल तस्बिर ।
कञ्चनपुरमा सशस्त्र प्रहरीले अवैध हतियारसहित वडाध्यक्षको गाडी नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण शैलेश्वरीबाट खटिएको मोबाइल टोलीले गोदावरी नगरपालिका वडा नम्बर १० का अध्यक्ष रविन्द्र शाहीको गाडी नियन्त्रणमा लिएको हो ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गणपति सशस्त्र एसपी बिरबहादुर साहुले गाडी र बन्दुक लगायतका सामग्री नियन्त्रणमा लिएको जानकारी दिए । एसपी साहुका अनुसार कृष्णपुर नगरपालिका वडा नम्बर ४ र ५ को बिचमा पर्ने पूर्व-पश्चिम राजमार्गमा रोकिराखेको भारतीय नम्बर डीएल–३ सीसीआर ३९९७ को गाडीबाट प्वान्ट टुटु–एलआर बन्दुक १ थान, त्यसमा प्रयोग हुने १४ गोटा बुलेट (गोली) र एक थान एयरगन तथा त्यसमा प्रयोग हुने एक सय ९६ गोटा छर्रा बरामद भएको हो ।
प्रारम्भिक अनुसन्धानमा हातहतियारसहित नियन्त्रणमा लिएको गाडी वडाध्यक्ष शाहीको भएको खुल्न आएकाे एसपी साहुले बताए । वडाध्यक्ष शाही गत तिहारमा जुवाको खालबाटै पक्राउ परेका थिए ।
प्रकाशित समय २१:१६ बजे

















