गृहपृष्ठ कोरोनाबाट स्पेनमा भन्दा अमेरिकामा धेरैको मृत्यु
कोरोनाबाट स्पेनमा भन्दा अमेरिकामा धेरैको मृत्यु
विश्वव्यापी नोवेल कोरोनाभाइरस (कोभिड १९) महामारीबाट स्पेनमा भन्दा अमेरिकामा धेरै मानिसको मृत्यु भएको छ । बिहीबार बिहानसम्ममा स्पेनमा १४ हजार ७९२ जनाको मृत्यु भएकोमा अमेरिकामा १४ हजार ७९५ जनाको मृत्यु भएको वर्ल्डोमिटरले जनाएको छ ।
अमेरिकमा २४ घण्टामै करिब २ हजार जनाको मृत्यु भएको छ भने ३० हजारभन्दा बढी संक्रमित थपिएका छन् । अमेरिकामा कुल संक्रमितको संख्या ४ लाख ३५ हजार नाघेको छ भने ९ हजार २ सयभन्दा बढी गम्भीर छन् । यससँगै विश्वभर धेरै मृत्यु हुनेमा अमेरिका दोस्रो देश बनेको छ । अमेरिकामा भन्दा इटालीमा धेरै अर्थात् १७ हजार ६९१ जनाले ज्यान गुमाएका छन् ।
प्रकाशित समय ०८:४१ बजे

















