गृहपृष्ठ कोरोनाका कारण बेलायतमा फेरि एक नेपालीको मृत्यु

कोरोनाका कारण बेलायतमा फेरि एक नेपालीको मृत्यु

बेलायतको लण्डनमा बस्दै आएका एक भूपू गोरखा सैनिकको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको छ । पर्वत स्थायी घर भएका ५९ वर्षीय चेतप्रसाद गुरुङको गएराति लण्डनको नर्थवीक पार्क अस्पतालमा निधन भएको हो ।

तमुधीं युकेको लण्डन शाखाका वरिष्ठ उपाध्यक्ष गुरुङ समाजसेवीका रुपमा चिनिन्थे । करिब दुई सातादेखि ज्वरो आएपछि चिकित्सकको सल्लाहअनुसार गुरुङ घरैमा आइसोलेसनमा बस्दै आएका थिए । श्वासप्रश्वासमा समस्या भएपछि उनलाई आकस्मिक कक्षमा राखी पछि वार्डमा सारिएको थियो । भर्ना गरेको दुई दिनपछिबाट उहाँको स्वास्थ निकै खराब भएपछि भेन्टिलेटरमा राखिएको थियो ।

लण्डनस्थित नेपाली दूतावासका प्रवक्ता एवं उपनियोग प्रमुख शरदराज आरणले मृतक गुरुङको परिवार र सम्बन्धित संस्थालाई निधनबारे जानकारी गराएका थिए ।

प्रकाशित समय ०८:१६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु