गृहपृष्ठ लकडाउन पालना गर्न सम्झाउँदा प्रहरी हवल्दार कुटिए

लकडाउन पालना गर्न सम्झाउँदा प्रहरी हवल्दार कुटिए

nepal police_newskarobar

जनकपुरधाम उपमहानगरपालिकामा लकडाउन उल्लंघन गरेकाहरुलाई सम्झाउने क्रममा प्रहरी हवल्दार आफैँ कुटिएका छन् । जनकपुरधाम- ८ स्थित जानकी आँखा अस्पतालअगाडि प्रहरी हवल्दार ३५ वर्षीय लालवावु साहलाई स्थानीय दुई युवाले कुटपीट गरेका हुन् ।

लकडाउन उल्लंघन गर्दै एकै ठाउँमा दर्जनौंको संख्यामा भेला भएका युवाहरुलाई सम्झाउने क्रममा बलवा टोल प्रहरी चौकीमा कार्यरत प्रहरी हवल्दार साहलाई २८ वर्षीय अमित कुमार सिंह र २३ वर्षीय सुमित कुमार सिंहको दाजुभाइले कुटपीट गरेको हुन् । लकडाउन पालना गर्न सम्झाउने क्रममा हवल्दार साहमाथि कुटपीट भएको जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी रामेश्वर कार्कीले बताए

घाइते प्रहरी हवल्दारको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको छ । डीएसपी कार्कीका अनुसार प्रहरीमाथि हातपात गर्ने दुवैलाई पक्राउ गरिएको छ ।

प्रकाशित समय २०:३४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु