गृहपृष्ठ बेलायती प्रधानमन्त्री जोनसन अस्पतालबाट निवास फर्किए

बेलायती प्रधानमन्त्री जोनसन अस्पतालबाट निवास फर्किए

boris johnson-news karobar

बेलायतका प्रधानमन्त्री बोरिस जोनसन उपचारपछि अस्पतालबाट प्रधानमन्त्रीको सरकारी निवासमा आइतबार फिर्ता भएको प्रधानमन्त्रीको कार्यालय डाउनिङ स्ट्रिटका प्रवक्ताले बताएका छन् ।

करिब दुई सातापहिले कोरोना भाइरस सङ्क्रमणको पुष्टि भएपछि जोनसनले सरकारी निवासमा नै एकान्तमा बसेर उपचार गराएका थिए । तर उनका चिकित्सकहरूको सल्लाहमा करिब एक साता पहिले उनलाई अस्पतालमा भर्ना गरिएको थियो । उनलाई तीन दिनसम्म सघन उपचार कक्षमा राखिएको थियो ।

‘प्रधानमन्त्री जोनसन अस्पतालबाट लण्डनबाहिर रहेको प्रधानमन्त्रीको सरकारी निवास ‘चेकर्स’ मा फर्किनुभ एको छ जहाँ उहाँले बाँकी केही दिन आराम गरी पूर्ण निको हुनुहुनेछ । उहाँको उपचारमा सम्लग्न चिकित्सकको सल्लाहबमोजिम प्रधानमन्त्री जोनसन तत्काल (केही दिन) काममा फर्किनुहुने छैन,’ प्रधानमन्त्री कार्यालयका प्रवक्ताले उल्लेख गरेका छन् । (रासस)

प्रकाशित समय २०:२० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु