गृहपृष्ठ लम्कीचुहामा संक्रमितसँग भेट भएका ५४ जनालाई क्वारेन्टाइनमा राखियो

लम्कीचुहामा संक्रमितसँग भेट भएका ५४ जनालाई क्वारेन्टाइनमा राखियो

फाइल तस्बिर ।

कैलालीको लम्कीचुहा नगरपालिका १ की महिलामा कोरोनाभाइरस संक्रमण पुष्टि भएसँगै उनलाई भेटेका ५४ जनालाई क्वारेन्टाइनमा राखिएको छ । उनीसँगै आएका २६ र क्वारेन्टाइनबाट घर पुगेपछि उनलाई भेटेका थप २८ गरी ५४ जनालाई क्वारेन्टाइनमा राखिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए ।

उनीहरु सबैलाई लम्की बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखिएको छ । उनका अनुसार ती महिलासँगै वीरगन्जबाट २६ जना कैलाली आएका थिए । ‘लम्कीचुहा नगरपालिका १ का १७ जना, वडा नम्बर ८ का चार जना र बर्दगोरी गाउँपालिका १ का ५ जना संक्रमित महिलासँगै आएका थिए,’ प्रहरी नायब उपरीक्षक बस्नेतले भने, ‘उनीहरु सबैलाई फेरि क्वारेन्टाइनमा ल्याइएको छ । संक्रमितको सम्पर्कमा रहेका अन्यको समेत खोजी भइरहेको छ।’

उनका अनुसार कैलाली पुगेका २६ जनामध्ये २२ जना संक्रमितका आफन्त थिए । परिवारका सदस्य मात्रै चार जना थिए । वीरगन्जबाट ३४ जना आएका थिए । जसमा सुर्खेतका पाँच तथा अर्घाखाँची, दाङ र दैलेखका एक‑एक जना पनि आएका थिए । कैलालीमा थप संक्रमित भेटिएसँगै सुदूरपश्चिममा संक्रमितको संख्या पाँच पुगेको छ ।

प्रकाशित समय ०९:३४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु