गृहपृष्ठ नेपालमा थप १४ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ३० पुग्यो

नेपालमा थप १४ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ३० पुग्यो

नेपालमा थप १४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उदयपुरका १२ र चितवनका दुई जनामा कोरोना संक्रमण भएको पुष्टि भएको जनाएको हो ।

संक्रमितमध्ये केही भारतीय पनि हुन् । चितवनका दुई जना आमाछोरा भएको जनाइएको छ । यससँगै देशभर कोरोना संक्रमितको संख्या ३० पुगेको छ ।

राप्ति नगरपालिका ८ घर भएका उनीहरू चैत ३ गते चैत ३ गते बेलायतबाट कतार एयरवेज हुँदै नेपाल आएका थिए । भरतपुर अस्पतालको आइसोलेसन वार्डमा उपचार भइरहेका उनीहरूको अवस्था सामान्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

नेपालमा हालसम्म ७ हजार ७०२ जनाको कोरोना परीक्षण भइसकेको छ । जसमध्ये ७ हजार ६७२ जनामा कोरोनाभाइरस नेगेटिभ देखिएको छ भने ९० जना आइसोलेसनमा छन् ।

प्रकाशित समय १९:४१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु