गृहपृष्ठ बहराइनमा एकैदिन २७ नेपालीमा कोरोना संक्रमण पुष्टि

बहराइनमा एकैदिन २७ नेपालीमा कोरोना संक्रमण पुष्टि

यूएईमा ६ र कुवेतमा थप १ नेपाली संक्रमित

बहराइनमा शुक्रबार एकै दिन २७ जना नेपालीमा कोरोना भाइरस (कोभिड- १९) को संक्रमण देखिएको नेपाली दूतावासले पुष्टि गरेको छ । । योसहित बहराइनमा संक्रमित नेपालीको संख्या ४९ पुगेको छ ।

दूतावासका अनुसार नयाँ संक्रमित २७ जना एउटै कम्पनीमा कार्यरत हुन् । उनीहरुको अवस्था सामान्य रहेको छ । शुक्रबार नै यूएईमा ६ र कुवेतमा थप एक नेपालीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रकाशित समय २०:१२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु