गृहपृष्ठ लकडाउन वैशाख २५ सम्म लम्ब्याउने सरकारको निर्णय
लकडाउन वैशाख २५ सम्म लम्ब्याउने सरकारको निर्णय
फाइल तस्बिर ।
सरकारले लकडाउनलाई २५ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । आइतबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको हो ।
चैत ११ बाट सुरू भएको लकडाउनकाे अवधि यसअघि पटक-पटक थप हुँदै १५ वैशाखसम्म कायम थियो । कोभिड-१९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिको शनिबार बसेको बैठकले लकडाउनकै कारण कोरोनाको संक्रमण नियन्त्रण गर्न सफल भएको निष्कर्ष निकाल्दै एक साता लम्ब्याउन सरकारलाई सिफारिस गरेको थियो ।
प्रकाशित समय १९:१७ बजे

















