गृहपृष्ठ सवारी पास नभएका सबै सवारी साधन नियन्त्रण गर्न गृह मन्त्रालयको निर्देशन

सवारी पास नभएका सबै सवारी साधन नियन्त्रण गर्न गृह मन्त्रालयको निर्देशन

home-ministry-griha-mantralaya

लकडाउनको बेलामा सवारी पास नभएका सबै सवारी साधन नियन्त्रण गर्न गृह मन्त्रालयले निर्देशन दिएको छ । सोमबार एक विज्ञप्ति जारी गर्दै कोभिड १९ को प्रकोप फैलिएको बेलामा अत्यावश्यक काम बाहेकका सवारी बाहेकलाई आवागमनमा रोक लगाउन सुरक्षा निकायलाई निर्देशन दिएको हो ।

विज्ञप्तिमा भनिएको छ, ‘नेपाल सरकारको निर्णय, उच्च स्तरीयको निर्णय र गृहमन्त्रालयबाट जारी गरिएका आदेश, निर्देशन, परिपत्र र अत्यावश्यक सेवा सञ्चालनमा प्रयोग हुने सवारी साधनका लागि जारी हुने सवारी साधन अनुमति पत्रसम्बन्धि कार्यविधि २०७६ बमोजिम मात्र सवारी पास जारी गर्न हुन र सवारी पास नभएका कुनै पनि प्रकारका (दुई पाँग्रे, चार पाँग्रे र साना ठूला सबै) यात्रुबाहक सवारी साधनको आवागमन पूर्ण रुपले नियन्त्रण गराउन हुन आदेशानुसार अनुरोध छ ।

प्रकाशित समय १४:५७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु