गृहपृष्ठ लकडाउन अवधि सार्वजनिक बिदामा परिणत
लकडाउन अवधि सार्वजनिक बिदामा परिणत
सरकारले लकडाउन अवधिलाई सार्वजनिक बिदामा परिणत गरेको छ । लकडाउनका कारण कार्यालय जान नपाएका सरकारी कर्मचारीले नियमित तलब पाउने गरी सरकारले सार्वजनिक बिदा दिएको हो ।
गृह मन्त्रालयले वैशाख १५ गते राजपत्रमा सूचना गरी लकडाउनका कारण चैत ९ गतेदेखि कार्यालय जान नसकेका सरकारी कर्मचारीले नियमित तलब भत्ता पाउने जानकारी गराएको हो । यससँगै लकडाउन अवधि सार्वजनिक बिदाको रुपमा गणना हुनेछ ।
प्रकाशित समय २०:४३ बजे

















