गृहपृष्ठ महाकालीपारिका २ हजार नेपाली स्वदेश फर्कँदै
महाकालीपारिका २ हजार नेपाली स्वदेश फर्कँदै
भारतबाट आएका नेपालीहरू महाकालीमा सुस्ताउँदै, इन्सेटमा, नाराबाजी हुँदै । (फाइल तस्बिर)
भारतीय क्वारेन्टिनमा बसेका नेपाली मजदुर आज एक महिनापछि स्वदेश फकिँदैछन् । लकडाउनका कारण सीमा बन्द भएपछि गत चैत दोस्रो सातादेखि भारतको झुलाघाट, धार्चुला र पिथौरागढमा रहेका करिब दुई हजार मजदुर स्वदेश फकिन लागेका हुन् ।
झुलाघाट नाकाबाट ८३७ जना भित्रिन लागेका बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले बताए । यस्तै धार्चुला नाकाबाट एक हजार ६१ जना भित्रिन लागेका दार्चुलाका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले जानकारी दिए ।
अब भारतका विभिन्न क्वारेन्टिनमा बसेका र अन्य स्वदेश फर्कन चाहनेलाई आउने दिइने छ । उनीहरूलाई सामाजिक दूरी कायम गरेर भित्र्याउने र स्वास्थ जाँच गरिनेछ । स्वदेश फर्किएका मजदुरलाई १४ दिन क्वारेन्टिनमा राखिने र त्यसपछि आरडीटी परीक्षण गरिनेछ ।
प्रकाशित समय १२:१० बजे

















