गृहपृष्ठ आज देशका केही स्थानहरुमा मेघगर्जन, चट्यांङ, असिना र हावाहुरीसहित वर्षा हुने सम्भावना

आज देशका केही स्थानहरुमा मेघगर्जन, चट्यांङ, असिना र हावाहुरीसहित वर्षा हुने सम्भावना

आज आइतबार देशका केही स्थानहरुमा मेघगर्जन, चट्यांङ, असिना र हावाहुरीसहित वर्षा हुने सम्भावना देखिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशमा पश्चिमी वायुको प्रभाव र स्थानीय वायु तथा पूर्वी भू–भाग नजिक बनेको न्यून चापीय क्षेत्रको प्रभाव देखिएको छ ।

बंगालको खाडी र अरब सागरबाट समेत जलवाष्पयुक्त वायु नेपालमा प्रवेश गरिरहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको मौसमको अवस्था पहाडी भू–भागमा सामान्य बदली रहि बाँकी भू–भागमा आंशिक बदली भइरहेको छ ।

प्रकाशित समय ०९:२२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु