गृहपृष्ठ महोत्तरीमा अज्ञात रोगले मृत्यु हुनेको संख्या १२ पुग्यो

महोत्तरीमा अज्ञात रोगले मृत्यु हुनेको संख्या १२ पुग्यो

death-newskarobar सांकेति तस्बिर ।

महोत्तरीको दुई बस्तीमा अज्ञात रोगका कारण मृत्यु हुनेको संख्या १२ पुगेको छ । आइतबार थप एक जनाको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार भंगाहा- ७ का ५८ वर्षीय रुपनारायण सिंह दनुवारको आइतबार बिहान मृत्यु भएको हो । बिहानसम्म सामान्य रहेका दनुवार अचानक बिरामी भएर उनको मृत्यु भएको स्थानीयवासीले बताएका छन् ।

शनिबार मात्रै बर्दिवास–१२ स्थित इँटाभट्टामा काम गर्ने ५५ वर्षीय भारतीय नागरिक मोतीलाल प्रजापति र भंगाहा- ६ जमुनियाँका ४८ वर्षीय पलट साहको मृत्यु भएको थियो । भंगाहा नगरपालिक- ७ र बर्दिवास नगरपालिका- १२ छिमेकी बस्ती हुन् ।

मृतकमा एकै खालको लक्षण देखिएको स्थानीयले बताएका छन् । स्थानीयका अनुसार अचानक पेट दुखेपछि बान्ता गर्ने र झाडापखला लाग्ने र अन्तिममा बिरामीको मृत्यु हुने गरेको छ ।

प्रकाशित समय १५:४२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु