गृहपृष्ठ एकैदिन १० जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित संख्या ६९ पुग्यो
एकैदिन १० जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित संख्या ६९ पुग्यो
नेपालमा एकैदिन १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पर्सामा १ जना र बाँकेको नेपालगन्जमा ९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
आइतबार स्वास्थ्य मन्त्रालयले नियमित पत्रकार सम्मेलनमार्फत् थप १० जनामा संक्रमण भएको जानकारी दिएको हो । मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले ९ जना नेपालगञ्ज र एकजना पर्साका ३६ वर्षीय युवकमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए । नेपालगन्जमा भेटिएकाहरु ५ महिला र ४ जना पुरुष रहेका छन् ।
यससँगै नेपालमा कोराना संक्रमितको संख्या ६९ जना पुगेको छ । हालसम्म १६ जना कोरोना निको भएर घर फर्किएका छन् । बाँकी संक्रमितको देशका विभिन्न अस्पतालमा उपचार भइरहेका छन् भने उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ ।
प्रकाशित समय १६:३८ बजे

















