गृहपृष्ठ कांग्रेसद्वारा सहकारी विज्ञहरुसँग छलफल
कांग्रेसद्वारा सहकारी विज्ञहरुसँग छलफल
नेपाली कांग्रेसले वर्तमान अवस्थामा नेपालले सामना गर्नु परिरहेको समस्या र आर्थिक क्षेत्रमा सहकारीले निर्वाह गर्न सक्ने भूमिकाका विषयमा सहकारी विज्ञहरुसँग छलफल गरेको छ ।
कोरोना भाइरस (कोभिड- १९) को महामारीले विश्व नै अहिले आक्रान्त रहेको यस अवस्थामा बिहीबार कांग्रेसले छलफल गरेको हो । बैठकमा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्षहरु डा. जगदीशचन्द्र पोखरेल र डा. गोविन्द पोखरेलसमेत उपस्थिति थिए ।
नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि, केन्द्रीय सदस्य एवं वित्तीय तथा सहकारी संस्था समन्वय विभागका प्रमुख आनन्दप्रसाद ढुंगानाको अध्यक्षतामा सहकारी क्षेत्रका विज्ञहरुसँग पार्टीको केन्द्रीय कार्यालयमा छलफल भएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
प्रकाशित समय २१:०० बजे

















