गृहपृष्ठ भारतमा डेढ महिनासम्म क्वारेन्टिनमा बसेपछि उद्धार

भारतमा डेढ महिनासम्म क्वारेन्टिनमा बसेपछि उद्धार

कैलालीपारि भारतीय सीमावर्ती क्षेत्रको क्वारेन्टाइनमा राखिएका चार सयभन्दा बढी नेपालीको उद्धार सुरु भएको छ । डेढ महिनाभन्दा बढी क्वारेन्टाइनमा बसेका उनीहरुले आज स्वदेश भित्रिने अवसर पाएका हुन् ।

कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराका अनुसार उनीहरुलाई नेपाल फर्काइसकेपछि पनि क्वारेन्टाइनमा राखिनेछ । कैलाली घर भएकाहरुलाई आज स्थानीय तहमा पठाउने तयारी छ भने अन्य जिल्लाका नेपालीलाई आज कैलाली बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखिनेछ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले नेपालीहरुको सीमामै र्‍यापिड टेस्टसमेत भइरहेको जानकारी दिए ।

प्रकाशित समय १५:३२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु