गृहपृष्ठ जेठ २० गतेसम्म लकडाउन थप्ने सरकारको निर्णय

जेठ २० गतेसम्म लकडाउन थप्ने सरकारको निर्णय

फाइल तस्बिर ।

सरकारले कोरोना भाइरसको रोकथामका लागि लकडाउन जेठ २० गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार साँझ बसेको मन्त्रिपरिषद बैठकले उच्चस्तरीय समन्वय  समितिको सिफारिसअनुसार लकडाउन थप्ने निर्णय गरेको हो ।

संक्रमितको संख्या दिनदिनै बढेको अवस्थामा रोकाथामको उपयुक्त विकल्प लकडाउन नै भएको सरकारले निष्कर्ष निकालेको हो । नेपालमा पहिलोपटक गत चैत ११ गतेदेखि देशैभर लकडाउन घोषणा गरिएको थियो । त्यसयता पटक-पटक यसको अवधि थप हुँदै आएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव नारायणप्रसाद बिडारीले लकडाउनका कारण संभावित संक्रमणलाई नियन्त्रणका राख्न धेरै सफल भएको र आँकलन नै गर्न नसक्ने अवस्था आउन नपाएको बताएका छन् । उनका अनुसार सरकारले प्रदेश र स्थानीय तहका क्वारेन्टाइलाई व्यवस्थित गर्ने र त्यसका लागि अवाश्यक रकम निकासा गर्ने, सुरक्षा व्यवस्था अझ प्रभावकारी बनाउने निर्णय पनि गरेको छ ।

नेपालमा कोरोना संक्रमणका कारण अहिलेसम्म दुई जनाको मृत्यु भएको छ भने २९५ जना  संक्रमित भेटिएका छन् ।

प्रकाशित समय २०:४४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु