गृहपृष्ठ मन्त्रिपरिषदबाट लिम्पियाधुरा, लिपुलेकसहितको नेपालको नक्सा पारित
मन्त्रिपरिषदबाट लिम्पियाधुरा, लिपुलेकसहितको नेपालको नक्सा पारित
सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको नेपालको नक्सा पारित गरेको छ । भर्खरै सम्पन्न मन्त्रिपरिषद बैठकले लिम्पियाधुरासहितको नेपालको नक्सा पारित गरेको हो ।
मन्त्रिपरिषद् बैठकल सकिएलगत्तै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले खुसी हुँदै ट्विट गरेका छन्‑ आज नेपाल सरकारको मन्त्रिपरिषदको निर्णय इतिहासको पन्नामा सुवर्ण अक्षरले त लेखिने नै छ । आजको मिति र निर्णय युग-युगसम्म हाजिरीजवाफमा सोधिने प्रश्नका रुपमा पनि अमर भइरहनेछ । धन्यवाद प्रम केपी शर्मा ओली !
अपराह्न ५ बजे सुरु भएको बैठकमा भूमि व्यवस्था मन्त्रालयले नयाँ नक्सा सार्वजनिक गर्नुपर्ने प्रस्ताव पेस गरेको थियो । भारतले गत कात्तिकमा नेपाली भूमि अतिक्रमण गरी नयाँ राजनीतिक नक्सा सार्वजनिक गरेपछि नेपाललाई पूरा क्षेत्रफलसहितको नक्सा जारी गर्न दबाब बढेको थियो ।
प्रकाशित समय १९:३९ बजे

















