गृहपृष्ठ प्रहरीलाई ढुंगा प्रहार गरेको अभियोगमा पक्राउ
प्रहरीलाई ढुंगा प्रहार गरेको अभियोगमा पक्राउ
लकडाउनको समयमामोटरसाइकल चलाई प्रहरीमाथि ढुंगासमेत प्रहार गरेको अभियोगमा २ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा पाँचपोखरी गाउँपालिका- ४ बस्ने २८ वर्षीय आकाश तामाङ र सोही ठाउँ बस्ने २४ वर्षीय वकिल परियार रहेका छन् ।
लकडाउनको समयमा मोटरसाइकल चलाएकोलेप्रहरीले सम्झाई-बुझाई गर्ने क्रममा आकाशले अचानक प्रहरीलाई ढुंगा प्रहार गरेका थिए । ढुंगा लागेर घाइते भएका प्रहरी चौकी मानेखर्कमा कार्यरत असईको धुलिखेल अस्पतालको शाखा कार्यालय मानेखर्कमा उपचार भइरहेको छ ।
पक्राउ परेकाहरू उपर अनुसन्धान भइरहेक प्रहरीले जनाएकाे छ ।
प्रकाशित समय १७:५७ बजे

















