गृहपृष्ठ थपिए कोरोना २७ संक्रमित, कुल संक्रमित ४०२ पुगे

थपिए कोरोना २७ संक्रमित, कुल संक्रमित ४०२ पुगे

COVID 19_NewsKarobar

नेपालमा कोरोना संक्रमितहरूको संख्या पुनः  २७ जना थपिएको छ, योसँगै संक्रमितहरूको कुल ४०२ संख्या पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मंगलबार जिल्लामा  कोरोना संक्रमित थपिएको जानकारी दिएको हो ।

मंगलबार सबैभन्दा बढी झापामा संक्रमित देखिएका छन् भने उपत्यकाभित्र पनि थप ५ जना संक्रमित देखिएका छन् ।

मन्त्रालयका अनुसार झापामा ९, मोरङमा १, सुनसरीमा १, सर्लाही २, काठमाडौंमा ३, भक्तपुर र ललितपुरमा १/१, मकवानपुरमा १, सिन्धुलीमा १, रामेछाप १, लमजुङमा १, कपिलवस्तुमा ४ र नवलपरासीमा १ जना कोरोना संक्रमित थपिएका हुन् ।

संक्रमितहरूका स्थायी ठेगाना र हाल बसोबास भइरहेका ठेगाना पत्ता लगाउने कार्य भइरहेको स्वास्थ्य मन्त्रालयले बताएको छ ।

यीमध्ये २४ जना पुरुष र ३ जना महिला रहेको र उनीहरू १७ देखि ४२ वर्ष उमेरका रहेको मन्त्रालयले जानकारी दिएको छ ।

प्रकाशित समय १६:२७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु