गृहपृष्ठ भारतीय प्रोफेसर स्वैनले भने‑ नेपाल कास्मिर होइन
भारतीय प्रोफेसर स्वैनले भने‑ नेपाल कास्मिर होइन
भारतीय प्रोफेसर अशोक स्वैनले शक्तिले उन्मत्त भएर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कास्मिरको जस्तै गरी नयाँ नक्सा जारी गरेको बताएका छन् । स्विडेनमा कार्यरत प्रोफेसर स्वैनले बुधबार नेपालले नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा जारी गरेसँगै भारतले अस्वीकार गरेपछि ट्विटरमार्फत भनेका छन्, ‘किन भारतले नोभेम्बर २०१९ मा एकतर्फी रुपमा नयाँ राजनीतिक नक्सा जारी गरेको ?? यो शक्तिले उन्माद मोदीद्वारा कास्मिरको नक्सा पुनः जारी गरे जस्तै हो । तर, नेपाल कश्मिर होइन ।’
उनले भारतले नेपालको नयाँ नक्सा अस्वीकार गर्नुलाई अत्यन्तै सामान्य रुपमा व्याख्या गरेका छन् । ‘भारतले यसलाई स्वीकार गर्छ भन्ने कसैलाई लागेको पनि थिएन । यद्यपि, यो ‘नक्सा युद्ध’ कसले सुरु गरेको हो ?’
स्वैन स्विडेनको उप्साला विश्वविद्यालयमा शान्ति र द्वन्द्व अनुसन्धान विषयका प्राध्यापक हुन् ।
प्रकाशित समय १२:५४ बजे

















