गृहपृष्ठ दुई किशोरीमाथि जबर्जस्ती करणी अभियोगमा दुई जना पक्राउ

दुई किशोरीमाथि जबर्जस्ती करणी अभियोगमा दुई जना पक्राउ

फाइल तस्बिर

छुट्टाछुट्टै ठाउँमा दुई किशोरीमाथि जबर्जस्ती करणी अभियोगमा दुई जना पक्राउ परेका छन् । मकवानपुरकी १६ वर्षीया किशोरीलाई जबर्जस्ती करणी गरेको अभियोगमा बकैया गाउँपालिका ६ कोल खहरे बस्ने ४८ वर्षीय काजिमान राईलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । राईले ती किशोरीलाई आफ्नै घरको कोठामा बोलाएर जबर्जस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

त्यस्तै सिरहाकी १५ वर्षीया किशोरीलाई जबर्जस्ती करणी गरेको अभियोगमा मिर्चैया नगरपालिका ३ राघोपुरमा रहेको बजरङ इँटा उद्योगमा काम गर्ने भारत घर भएका २० वर्षीय पिन्टु भन्ने रविप्रकाश बर्मालाई पनि बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । बर्माले ती किशोरीलाई वैशाख ३० गते जबर्जस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित समय १२:५५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु